कांग्रेस नेता गिरीको घाँटी बाहिर ट्युमर, रिपोर्ट आउन बाँकी

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको घाँटीमा नली बाहिर सानो ट्युमर देखिएको छ । मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत गिरीको स्वास्थ्य रिपोर्ट आउन बाँकी रहेको छ ।

केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको मुम्बई पुगेका गिरीलाई शुक्रबार बिहान भेटेर कांग्रेस उपसभापति विमलेन्द्र निधिले स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन्।

उपसभापति निधिका अनुसार नेता गिरीको देब्रेपट्टि घाँटीमा नली बाहिर सानो ट्युमर देखिएको छ। उनका अनुसार डाक्टरहरुको भनाईमा सो ट्युमर अन्यत्र कतै पनि फैलिएको छैन।
सो रिपोर्ट आएपछि कुन उपचार बिधि अघि बढाउने भन्नेबारे डाक्टहरु आपसी सल्लाह गर्दैछन्।
मुम्बईमा उपचाररत गिरीलाई भेट्न कांग्रेस उपसभापति निधि शुक्रबार मुम्बई गएका थिए।