काठमाडाैं,६ भदाै । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी तोक्ने र रिक्त पदपूर्तिका लागि गृहकार्य सुरु गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाहरुको बारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
केही दिन अघि सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले संगठनात्मक र रिक्त स्थानमा पूर्ति गर्न स्थायी कमिटीलाई जिम्मा दिएको थियो । केन्द्रीय कमिटीको निर्देशनका बिषयमा नै स्थायी कमिटी बैठकमा छलफल भएको र बैठक आइतबार पुन बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
माओवादी केन्द्रले केन्द्रीय समितिमा सदस्य थप गर्दा समानुपातिक समावेशीताको आधारमा थप गर्ने निर्णय गरिसकेको छ । त्यस्तै बैठकमा पुष ११, १२ र १३ गने हुने राष्ट्रिय सम्मेलनका लागि स्थानीय तहसम्म अधिवेशन गर्न निर्वाचन निर्देशिका तयार गर्ने बिषयमा पनि छलफल भएको उनले बताए ।
आइतबार बस्ने बैठकले नेताहरुको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाका बिषयमा आवश्यक निर्णय लिने प्रवक्ता श्रेष्ठले जानकारी बताए ।

