रूपन्देही । प्रदेश सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेलाई जवाफ पठाएको छ ।
प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनी एमालेलाई जवाफी पत्र पठाइएको हो ।
एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो ।उनीहरुलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।
शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेश सभा सचिवालयमा बुझाएको सचिव मगरले बताए ।