काबुल बिमानस्थलमा २० मारिए, नेपालीलाई कहिले फर्काउने सरकारलाईनै पत्तो छैन

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ, ७ भदौ । साउन ३१ गते तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि त्यहाँको विमानस्थल र आसपास कम्तीमा २० जनाको ज्यान गएको उत्तर एटलान्टिक सन्धि सँगठन नेटोका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताएका छन ।
नेटोका अधिकारीले भनेका छन, ‘काबुल विमानस्थलबाहिरको अवस्था खराब छ । हामी सबै विदेशी नागरिकलाई अफगानिस्तानबाट बाहिर निकाल्न केन्द्रित छौँ ।’
‘तालिबानसँगको कुनै पनि झडपबाट बच्नका लागि हाम्रो सुरक्षा बलले काबुल विमानस्थलको बाहिरी क्षेत्रदेखि दुरी बनाएको छ’, उनले थपेका छन ।
बेलायती रक्षा मन्त्रालयले यसअघि विमानस्थलबाहिर सात अफगान नागरिकको ज्यान गएको बताएको थियो तर आधिकारिक विवरण दिएको थिएन ।
बेलायती रक्षा उपसचिवले नागरिकलाई त्यहाँबाट बाहिर निकाल्ने प्रक्रियालाई तीव्रता दिइएको घोषणा गरेका थिए ।

५ सय ४ आइपुगे ३ सय ५६ सँम्पर्कमा
यसैबिच हिजो साँझ सम्म अफगानस्थानबाट ५ सय ४ जना नेपाली स्वदेश आईपुगेका छन । उनिहरुलाई रोजगार दातालेनै नेपाल ल्याई दिएका हुन । एजेन्ट मार्फत कामको खोजिमा पुगेका र साना कम्पनिमा पुगेकाहरुको भने कसैले वास्ता गरेका छैनन । सरकारले पराष्ट मन्त्रालय कन्सुलर बिभागको वेभ पोर्टल  https://nepalconsular.gov.np/ मा ३ सय ५६ जनाले आफ्नो बिबरणमा भरेका छन । तर सरकारलाई नै थाहा छैन सँम्पर्कमा आएकालाई कहिले नेपाल फर्काउने भनेर । आफु नेपालीलाई लिन अफगानस्तान जान तयार रहेको तर कहि कतैबाट निर्देशन नआएकोले अड्किएको भन्दै नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन बिजय लामाले सामाजिक सँन्जालमा स्ट्याटस लेख्दै चिन्ता समेत ब्यक्त गरेका छन ।