काठमाण्डौ,७ भदौ । नेपाल सरकार र इजरायल सरकार बिच भएको सँझौता बमोजिम पहिलो चरणमा १ हजार केयरगिभर तथा सहयोगी इजरायल पठाउन श्रम तथा रोजगार बिभागले आबेदन माग गरेकोमा ९ हजार ६ सय ९९ जनाले आबेदन दिएका छन । ति अबदन उपर बिभगले राम्ररी अध्ययन गरिरहेको जनाएको छ । विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदक लिखित परीक्षामा सहभागी हुनेछन । इजरायलमा नेपालीलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गरी जानकारी दिएको छ ।
इजरायल रोजगारीमा जान इच्छुक आवेदकहरूको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोक सेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गरिने पनि सुचनामा उल्लेख छ । लिखित तथा मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका तर्फबाट सम्बद्ध कुनै पनि कानुनविपरीतका कार्य एवं गतिविधिमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्ण रूपमा विभागबाट सम्प्रेषित सूचनामा मात्र आधारित हुन अनुरोध गरेको छ ।