काठमाडाैं,७ भदाै । सरकारले अफगानिसतानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने भएको छ ।
उनीहरुलाई मंगलबारबाट नै खाेप दिन थालिने छ । अफगानिस्तानमा पोलियोको संक्रमण भएकाले फर्किएकालाई खोप दिने निर्णय भएकाे हाे ।अफगानिस्तान र पाकिस्तानमा अझै पोलियो रोगीहरू छन् ।
विश्व स्वास्थ्य संगठन अन्तर्गतको आइएचआर (इन्टरनेशनल हेल्थ रेगुलसन)को सिफारिस अनुसार उनीहरूलाई पोलियो खोप दिने निर्णय भएकाे हाे । उनीहरुलाई नजिकैको खोप केन्द्रमा गएर पोलियो खोप दिनु भनेर पत्राचार भइसकेको छ ।हालसम्म अफगानिस्तानबाट ५ सय ४ जना नागरिकको सरकारले उद्धार गरिसकेको छ ।