नेताहरुलाई बलजफती रिसोर्टमा थुनेर माधव समूहले ज्यादतीपूर्ण काम गरे:ओली

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं,९ भदाै। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दल जुटाउन र अहिले दल फुटाउन अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले परमादेशबाट बनेको शेरबहादुर देउवा सरकारले भने प्रमुख प्रतिपक्ष दल विभाजित गर्न नै अध्यादेश ल्याएको आरोप ल्याएका हुन् ।

उनले आफूले ल्याएको अध्यादेशसँग तुलना गर्दै अहिले जस्तो १२ बजे अधिवेशन अन्त्य गर्ने भोलिपल्ट अध्यादेश ल्याउने काम नगरेको चर्चा गरे ।

लोतान्त्रिक अभ्यास र संविधानको मर्म अनुसार सांसदहरुले ४० प्रतिशत पु¥याएर अलग हुन पाउने अधिकार सुनिश्चित गर्न आफूले अध्यादेश ल्याएको उनको दावी थियो । एमालेभित्रको विवादमा फाइदा उठाउदै एमालेलाई फुटाउन नै अध्यादेश ल्याएको जिकिर गरे । उनले आवश्यक परे १० प्रतिशतमा पनि झरेर अध्यादेश ल्याउन सरकार तयार रहेको आरोप लगाए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेको सूचना टाँस्न रोकेको भन्दै सभामुख अग्नि सापकाटाले अलोकतान्त्रि र असंवैधानिक तथा प्रतिगामी काम गरेको जिकिर गरे । एमालेले गरेको कारवाही ७ दिनसम्म रोकेर सभामुखले आफू नै न्यायालय बन्न खोजेको ओलीले आरोप लगाए।

पार्टीले कारवाही गरिसकेपछि सभामुखले त्यसलाई विचाराधीन राख्ने अधिकार नभएको उनको भनाई थियो । ओलीले निर्वाचित सरकारलाई संसदमा जान नदिएर बिस्थापित गर्ने काम पनि अलोकतान्त्रिक कदम भएको जिकिर गरे ।

त्यस्तै ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखेको आरोप लगाए । साधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो भन्दै उनले प्रश्न गरे । उनले माधव नेपालले अपहरणकारी र ज्याजतीपूर्ण काम गरेको टिप्पणी गरे ।

एमालेले १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्ने क्रममा अहिलेकै नेकपा (एमाले) नेकपाकै निरन्तरताको रुपमा रहेको, भन्दै यसले नेकपाको विरासत आत्मसात गरेको र पार्टी निर्माण, विस्तार र एकीकरण पार्टीको विशेषता र संस्कृति रहेको कुरालाई आत्मसात गर्दै रचनात्मक दृष्टिकोण अवलम्बन गरिने जनाएको छ ।

प्रमुख प्रतिपक्षका रुपमा सरकारका काम कार्बाही विरुद्ध हरबखत खबरदारी र विरोध गरिरहने एमालेले जनाएको छ भने लोकतन्त्र र संविधानको रक्षा एवं मुलुकको विकास र समृद्धिका लागि निरन्तर पहरेदारी पनि एमालेले उल्लेख गरेको छ ।