क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न पाैडेलकाे जाेड,त्रुटि भए सच्चाउनुपर्छ

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं,९ भदाै । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्दै केही कमजोरी त्रुटि भए सच्चाउनुपर्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा पुगेर जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाउँदै पौडेलले आफुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न सभापतिलाई भनेको पनि जानकारी दिए । सबै तहका पदाधिकारी, वडादेखि क्षेत्र, केन्द्रसम्मकाले क्रियाशील सदस्यता विवरण हेर्न पाउनुपर्ने उनको जोड थियोे ।

क्रियाशील सदस्यता टुंगो नलागी चुनाव हुन नसक्ने भन्दै पौडेलले चुनाव गर्न भएपनि अहोरात्र खटेर महाधिवेशन गर्नुपर्ने धारणा राखे । उनले अव ढिला नगरी क्रियाशील सदस्यताका विवाद अन्त्य गर्दै तल्लो तहको अधिवेशन टुङ्गाउनुपर्ने जिकिर गरे ।

पौडेल सहित पार्टी अध्यक्ष शेरबहादुर देउवाबिच बिच क्रियाशील सदस्यता विवाद समाधान भएको भनिएपनि पौडेल पक्षका जिल्ला सभापतिहरु अनसनमा बसेका छन् । अनसन बसिरहेका नेता र कार्यकर्ताहरुक मागमा ऐक्यबद्धता जनाउन नेताहरु पौडेका साथै प्रकाशमान सिंह, शशांक कोइराला लगाएत सानेपा पुगेका थिए ।