घोडाहा पुल भासियो, पुर्ब पश्चिम राजमार्ग अबरुद्ध

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , ३ वर्ष अगाडि

काठमाण्डौ,११ भदौ । रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ, रातभरको अविरल वर्षापछि आएको बाढीका कारण पुल भासिएपछि पूर्व पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ ।
ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका १० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा र सुनवल नगरपालिका१२ बडेरास्थित रहेको ड्राइभर्सन पनि बाढीले बगाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ । त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ ।
वर्षातका कारण तिनाउ,कपिलवस्तु वाणगंगा नदी आसपासको क्षेत्र पनि जोखिममा परेको छ भन्दै सतर्क रहन प्रहरी र स्थानीय निकायले नागरिकलाई आग्रह गरेका छन ।