ओली नेतृत्वको सरकार बदनाम भएर आफैं ढलेकाे:खनाल

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादका बिरुद्ध विद्रोह गरेको बताएका छन् ।

भारतमा उपचारपछि सोमबार स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकारसंग कुरा गर्दै खनालले अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको बताएका हुन् । ओली नेतृत्वको सरकार बदनाम भएर आफैं ढलेको भन्दै खनालले कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक नरहेको उल्लेख गरे ।

अहिले वामपन्थी र लोकतान्त्रिक शक्तिको गठवन्धन सरकार बनेकाले यसलाई राम्रोसँग चलाउनुपर्ने उनको भनाइृ छ । उनले पार्टीमा कार्यकारी भूमिका माग्ने नैतिक अधिकार आफूलाई नरहेको भन्दै पार्टीले दिने कुनै पनि जिम्मेवारी निभाउन आफू तयार रहेको धारणा राखे । पार्टीमा ७० वर्षको मापदण्ड आफूले पालना गर्ने र अरुले पनि पालना गर्नुपर्ने उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले दक्षिणपन्थी भासमा भासिएर गुटवादको नमुना हुने बताए । ओलीले तत्कालीन नेकपाको विभाजन आफ्नो कुर्सी जोगाउनका गरेको र सर्वोच्चका फैसलापछि एमाले विभाजन गरेर फरक विचारका लागि ढोका बन्द गरेको अध्यक्ष नेपालले आरोप लगाए।

स्वास्थ्यमा समस्या देखिएपछि खनाल असार २ गते उपचारका लागि भारत गएका थिए । उपचारका क्रममा खनालको मृगौला प्रत्यारोपण गरिएको थियो ।