अमेरिकी फौज पूर्णरूपमा अफगानस्थानबाट स्वदेश फर्कियाे

Bhim Thapa Banner Headline with Image , Latest Update , प्रवास , ३ वर्ष अगाडि

एजेन्सी। अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा अफगानस्थानबाट  स्वदेश फर्किएको छ ।सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको थियाे ।

अफगानिस्तानमा अमेरिकाले जारी राखेको सैन्य कारबाही औपचारिकरूपमा समाप्त भएको छ ।अमेरिकी सेना बाहिरिएसँगै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर तथा गोली चलाएर खुशीयाली मनाएको बीबीसीले जनाएको छ ।तालिबानका प्रवक्ताले अफगानिस्तानले पूर्ण रूपमा स्वतन्त्रता हासिल गरेको बताएका छन् ।

दुई दशकमा २ हजार ४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएका छन् भने अमेरिकी सैन्य कारबाहीमा अलकायदाका प्रमुख ओसामा विन लादेन र तालिबानका तत्कालीन प्रमुख ओमार मारिएका मारिए ।

तालिबानले राजधानी काबुल कब्जामा लिएपछि अमेरिकीले करिब १ लाख २० हजार जनालाई उद्धार गरेकाे थियाे ।