ईजरायल जानेकालागी भाषा परिक्षाको मिती तोकियो

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , प्रवास , ३ वर्ष अगाडि

कठमाण्डौ, १५ भदौ । बैदेशिक रोजगार बिभागले ईजरायलमा दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा काम गर्न जान ईच्छुक भई आवेदन दिएकाहरुको अंग्रेजी भाषाको लिखित परीक्षाको मिति तोकेको छ ।
बिभागले एक सुचना जारी गर्दै भाद्र २८ गते सोमबार दिनको १ बजे उम्मेदवारहरुको भौतिक उपस्थितिमा नै परीक्षा गर्ने जनाएको हो
विभागका अनुसार आवेदन दिएर दरखास्त स्वीकृत भएकाहरुको भाषा परिक्षा काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रहरुमा हुनेछ ।
दरखास्त स्वीकृत भएका परीक्षार्थीहरुको परीक्षा केन्द्र अनलाइन मार्फत प्राप्त हुने प्रवेश पत्रमा उल्लेख गरिएको हुने तथा विभागको वेभसाइट मार्फत पनि हेर्न सकिने विभागको सुचनामार्फत जानकारी दिएको छ ।