काठमाडौ, १५ भदौं । मन्त्रीपरिषदलाई पुर्णता दिन सत्ता गठबन्धनका नेताहरु बालुवाटारमा भेला भएका छन । मन्त्रालयको भागबण्डा मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिलाउने विषयमा छलफल गर्न उनिहरु हिजोदेखि कसरतमा छन । तर शक्तिसाली मन्त्रालयमा सबैले आँखा लगाएपछी छलफल सकारात्मक हुन सकेको छैन ।
बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन ।
नयाँ सरकार बनेको झण्डै ५० दिन सम्ममा पनि सरकारले पुर्णता पाउन सकेको छैन । सकेसम्म आजै नभए भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा रहेका गठबन्धनका नेताहरूले आज ठोस छलफल गरेर सबै विषय टुंग्याउने बताएका छन
छलफलपछि हिजो आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले आज यसबारेमा ठोस कुरा हुने बताएका थिए ।