शान्ति सैनिक पठाउने वरियतामा नेपाल दोस्रोमा

NewsBankNepal Banner Headline with Image , Latest Update , Photo Bank , Photo Gallery , ३ वर्ष अगाडि

काठमाडाैं । विश्व शान्ति स्थापनाका धेरै सैनिक पठाउने राष्ट्रहरूको वरीयतामा नेपाल दोस्रो वरीयतामा आइपुगेको छ ।सैनिक पठाउन थालेको झन्डै ६२ वर्षपछि नेपाल दाेस्राे वरीयतामा उक्लिएकाे हाे ।

संयुक्त राष्ट्रसंघ (यूएन) ले निकालेकाे वरीयतामा नेपाल ५ हजार ५ सय ७१ सुरक्षा फौज खटाएर तेस्रो वरीयतामा परेको हो ।दक्षिण एसियाली मुलुकमा नेपाल बंगलादेशभन्दा पछाडि छ ।एक सयभन्दा बढी संयुक्त राष्ट्रसंघका सदस्य मुलुकले विश्व शान्तिका लागि विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा फौज पठाउँदै आएका छन् ।

शान्ति सेनामा सहभागी सैनिकले प्राप्त गरेको भत्ताको केही प्रतिशत कटाएर सेनाले २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना गरेको थियो । उक्त कोषमा अहिले ६० अर्ब रुपैयाँ जम्मा भइसकेको छ ।

नेपाली सेनाले सिरिया, लिबिया, इराक, कंगो, हाइटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, कंगो, मालीलगायत द्वन्द्वग्रस्त मुलुकमा काम गरिसकेका छन् ।