काठमाडाैं,१६ भदाै ।काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ।
काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै फाेहाेर उठाउन थालिएकाे हाे ।सिसडोलवासीसँग मंगलबार बेलुका भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिने छ ।
सडमा थुप्रिएकाे सबै फाेहाेर उठाइसक्न करिब एक महिना लाग्ने अनुमान गरिएकाे छ । बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिगि्रएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी शहर दुर्गन्धित बनेको छ। फाेहाेरकै कारण महानगरपालिका र सरकारकाे समेत चर्काेे अालाेचना हुँदै आएकाे थियाे ।