सामाजिक बिकाश मन्त्रीले राजीनामा दिए

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , ३ वर्ष अगाडि

काठमाडौं १६ भदौ । वागमी प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले १५ दिन नपुग्दै राजीनामा दिएका छन अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेपछि सोही दिन मन्त्री नियुक्त भएका खनालले नेकपा एमाले छाडेको भोलिपल्ट राजीनामा दिएका हुन ।
खनालले हिजो मात्रै प्रदेश निर्वाचन कार्यालय हेटौंडा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका थिए । उनीसहित १२ सांसदले एमाले छाडेपछि सरकार अल्पमतमा परेको छ ।
चितवनबाट निर्वाचित खनाल नेकपा एमालेको केन्द्रीय सदस्य समेत थिए । अब वागमती सरकारमा मुख्यमन्त्री र आन्तरिक मामिलामन्त्री केशव पाण्डे छन । एमाले विभाजनसँगै सरकार अल्पमतमा परेको छ ।
राजीनामापछि खनालले भने, ‘अब हामी फरक पार्टीका भयौं, मुख्यमन्त्रीलाई काम गर्न सजिलो होस भनेर मैले राजीनामा दिएको हुँ । उहाँलाई मन्त्री बन्दा पनि मैले माधव नेपाल छाड्न सक्दिन भनेको थिएँ ।’
साभार ः नेपाल प्रेस डटकम