काठमाण्डौ, १६ भदौ । आफ्नै दलभित्रको चतुमुर्खी गुटमा भाग मिलाउन नसक्दा र गठबन्धनदलका नेताहरु बिच शक्तिशाली मन्त्रालय तानातान हुँदा प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीमण्डललाई पुर्णता दिन सकेका छैनन । त्यति मात्रैहैन एमाले र समाजबादी दल फुटाउन ल्याएको अध्यादेशका कारण पनि प्रधानमन्त्री देउवा लगायत गठबन्धन दलका नेताहरुको टाउको दुःखेको छ । तत्काल मन्त्रीमण्डल बिस्तार गर्दा मन्त्री खाने आसमा मुलपार्टी त्यागेका नेताहरु मन्त्री नपाएको झोकमा पुरानै घर फर्केभने सत्तासाझेदार दललाई सकस पर्छ भनेर पनि मन्त्रीमण्डल गठनमा आलटाल हँुदै आएको हो । निर्बाचन आयोगले दल परिबर्तनको लागी दिएको हदम्याद सकिए पछी अध्यादेश निष्कृय गराएरमात्रै मन्त्रीमण्डललाई पुर्णता दिने अनौपचारीक सहमति सत्ता गठबन्धनका नेताहरुबिच भएको जानकारी सत्ता घटककै एक नेताले बताएका छन ।
उता नेपाली काँगे्रसका क्रियासिल सदस्यहरु गाउँ पस्न थालेका छन । काँग्रेसको आसन्न अधिबेसको तयारी स्वरुप पर्सि १८ गतेबाट औपचारिक रुपमा वडा अधिबेसन शुरु हुने भएपछी काँग्रेसका नेता कार्यकर्ताहरु गाउँ पस्न थालेका हुन । आगामि मंसिरमा सँम्पन्न हुनेगरी तय भएको अधिबेशनकालागी स्थनियतहबाट अधिबेसन हुुन लागेको हो । निर्धारित कार्यतालिका अनुसार पर्सि १८ गते वडा अधिबेसन त्यसपछी स्थानीयतहका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते,संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते, जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएका छन । त्यस्तै प्रदेश अधिवेशन कात्तिक १० र १२ गते गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते आयोजना हुने छ ।