प्रदेश १ का मुख्यमन्त्री आचार्य पनि अल्पमतमा,१० जना सांसदले रोजे माधव नेपालको साथ

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

माेरङ। पार्टी विभाजनकाे सबैभन्दा असर बागमती प्रदेश र प्रदेश १ का मुख्यमन्त्रीलाई परेकाे छ ।

मुख्यमन्त्री बनेकाे एक साता पुग्दा नपुग्दै हट्नुपर्ने अवस्था सिर्जना भएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई एमालेकाे बहुमतकाे आधारमा नियुक्त भएका थिए ।

माधव नेपालकाे पार्टी एकिकृत समाजवादीले पद र पार्टी राेज्न अल्टिमेटम दिएकाे थियाे ।दुबैजनाले विभाजनलाई साथ नदिएर एमाले नै राेजेपछि पद धरापमा परेकाे हाे ।

प्रदेश नम्बर १ प्रदेश सभामा रहेको नेकपा एमालेका ५१ जना सांसद मध्ये १० जनाले एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुले बुधबार प्रदेश निर्वाचन कार्यालय मोरङमा नेकपा (एकीकृत समाजवादी) रोजेको सनाखत गरेका छन् ।

९० सदस्यीय प्रदेशसभामा एमालेका ५१ जना सांसद थिए । त्यसमा पनि १० जनाले एकिकृत समाजवादी राेजेकाले अब सो पार्टीमा ४१ जनामात्र सांसद रहेका छन् ।