काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकतालाई १० बुँदेको भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
बिहीबार एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले १० बुँदे सहमति केपी ओलीको जसरी पनि टाङमुनी छिराएर हुर्मत लिने योजना भएको आरोप लगाउदै भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।
उहाले उहाँले फागुन २८ गते एकतर्फी रुपमा गरिएको बैठक गलत ढङ्गबाट गरिएको भन्ने ओलीमा स्वीकारोक्ति नरहेकाले ओलीमा सुध्रिने कुनै लक्षण नरहेको बताउनुभयो । उहाँले आफ्नो पार्टी माओवादी केन्द्रसँग गएर बिलिन हुन्छ भन्ने भ्रम फैलाइएको भन्दै आफ्नो पार्टी विद्रोह गरेर जन्मिएकाले त्यसको भ्रममा नपर्न समेत उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले जनताको बहुदलीय जनवादलाई नछाडेको भन्दै यसलाई आत्मसात गरेर नयाँ ढङ्गबाट अघि बढ्ने बताउनुभयो ।
संसद सचिवालयले संसदीय दलको कार्यालय उपलव्ध गराएपछि माधव नेपाल लगाएतका सांसदहरु बिहीबार कार्यालय पुगेका थिए । संघीय संसद सचिवालयका दलका नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले भाद्र ९ गते मान्यता दिएको थियो ।

