- newsbanknepal.com
- काठमाडौं ।
- “आजको व्यस्त जीवनमा केही समय निकालेर प्रकृतिमा रमाएर ध्यान सिक्न पनि सकिँदो रहेछ ।”
- – “जीवनका इच्छाहरु के के छन् भनेर कसैले लेख्न कागज हातमा थमाउँदा एकछिन मन घोत्लियो, शायद भित्र हेर्दा शून्य र शान्तिको अनुभूति मात्र थियो ।”
- – “म शारीरिक रुपले आफुलाई बलियो ठान्थे, तर उर्जाको भित्रको अर्को स्तरमा पनि मजबुती चाहिने रहेछ ।”
ओशो तपोवनले आयोजना गरेको २६ घण्टाको राष्ट्रका लागि तपोवन कार्यक्रम पछि केही सहभागीहरुले व्यक्त गरेको अनुभव हो । व्यक्तिगत दक्षताका साथै आन्तरिक शान्ति र गुणवत्तालाई आफै भित्रबाट अनावृत गर्ने कला सिकाइने सो कार्यक्रमलाई तपोवनले पाक्षिक रुपमा संचालन गरिरहेको छ ।
‘राष्ट्रका लागि तपोवन’ कार्यक्रममा सहभागीहरुलाई शरीरलाई उर्जावान बनाउने, मनका विभिन्न आयामहरुको खोजी गरी ध्यानमा शान्त बस्ने, सफल ब्यवसायिक जिवन जिउने र भित्रबाटै खुसी हुने कला तथा समग्र जीवनमा लागि चाहिने विभिन्न पक्षहरुको दैनिक अभ्यास यो कार्यक्रममा सिकाइन्छ । यो हप्ता कार्यक्रमको तेस्रो श्रृखला सकिएको छ ।
यस पटकको कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार एवं आसन्न निर्वाचनमा अध्यक्षको उमेदवारी घोषणा गर्नुभएका युके निवासी कुल आचार्य, संघका केन्द्रीय उपाध्यक्ष अमेरिका निवासी सोनाम लामा, मलेसियाका खगेन्द्र न्यौपाने, युएईस्थित नेपाली व्यवसायी मनोज गोर्खाली लगायत उद्यमीहरुले भाग लिनु भएको थियो ।
राष्ट्रको लागि तपोवन अभियानका प्राचार्य ओशो तपोवनका संस्थापक आचार्य वोधिसत्व स्वामी आनन्द अरुण हुनुहुन्छ भने अभियानका डिजाइनकर्ता भवन भट्ट अर्थात् स्वामी आनन्द देव रहनुभएको छ साथै अभियानका कोअर्डिनेटर स्वामी आनन्द अर्हत तथा सोविता सिम्खडा हुनुहुन्छ ।
हेराै केही फाेटाेहरू