बामदेबले एमालेको उपाध्यक्ष लगायत सबै पदबाट राजिनामा दिए, एकिकृत समाजबादीमा पनि नजाने

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाण्डौ,१८ भदौ । बामदेव गौतमले नेकपा एमालेको उपाध्यक्ष राजीनामा दिएका छन । उपाध्यक्ष गौतमले पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन ।

गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन ।े आज दिउँसो पार्टी कार्यालयमै आएर राजीनामा पत्र बुझाएको र उक्त राजिनामा पत्र पार्टी अध्यक्ष केपी ओलि समक्ष पठाएको तामाङले जानकारी दिएका छन ।

तत्कालीन नेकपामा विवाद आएपछि उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियान सुरु गरेका थिए । नेकपा विभाजन भएर पूर्ववत एमाले र माओवादी केन्द्र पुनस्र्थापना भएपछि अध्यक्ष केपी ओली र वबरिष्ठ नेता माधव नेपाल दुवै पक्षतर्फ छलफल चलाइरहेका गौतम पार्टी विभाजनपछि नेपाल नेतृत्वको नेकपा समाजवादीमा जाने चर्चा थियो । तर पछि जनताको बहुदलीय जनवाद नमानेको भन्दै गौतमले नेकपा समाजवादीमा पनि नजाने बताएका छन ।