भदौ २३ गते संसद अधिवेशन आह्वान

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । सरकारले भदौ २३ मा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । 

बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदाै २३ गते बुधबार दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।यसअघि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो ।

दल रोज्न प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिएको त्यसको भोलिपल्ट सरकारले संसद अधिवेशन आह्वानको सिफारिस गरेको हो ।