अल्पाईनमा रक्तदान, ३२ प्रिन्ट रगत सँकलन भयो

Dipak Pudasaini Latest Update , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ २० भदौ । अस्पतालहरुमा देखिएको रगतको अभाब परिपुर्ति गर्नकालागी हिजो कागेश्वरी मनोहरा नगरपालिका ४ स्थित अल्पाईन एकेडेमीमा रक्तदान कार्यक्रम सँम्पन्न भएको छ । ३२ प्रिन्ट रगत सँकलन भएको कार्यक्रम नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखा तथा अल्पाईन एकेडेमीको सँयुक्त आयोजनामा भएको हो । कार्यक्रममा नगर प्रमुख कृष्णहरी थापा, ४ नँ वडाका अध्यक्ष भाइकाजी अधिकारी,नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाका सभापति बासुदेब पौडेल, अल्पाईन एकेडेमीका प्रिन्सिपल अनन्तराम ढकाल लगायतको उपस्थिती रहेको थियो ।
रक्तदानका केहि झलकहरु फोटोमा