प्रधानमन्त्रीलाई सत्ता सकस, गठबन्धनका नेताहरुलाई मन्त्रीको नाम दिन ताकेता

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाण्डौ,२७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता सहयात्रीले मन्त्रीहरुको नाम नदिदा सरकारको काम कार्बाहीमा असर पर्न थालेपछी प्रधानमन्त्रीलाई सकस पर्न थालेको हो । आजकल दिनहँु जस्तो सत्ता गठबन्धनको बैठक भै रहेको छ । उनले बैठकै पिच्छे गठबन्धनका नेताहरुसँग मन्त्रीको नाम दिन ताकेता गरेको गर्यौ छन । उनले सरकार गठनको दुई महिना पुग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकिएको भन्दै गठबन्धनमा आवद्ध दलका नेताहरुलाई मन्त्रीका लागि छिटो नाम दिन ताकेता गरेका हुन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान पनि गठबन्धनको बैठक बसेको थियो । ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषदलाई पूर्णता दिन निकै ढिलाइ भइसक्यो, अब छिटो नाम दिनुपर्यो भन्नुभयो, बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन ।
गठबन्धनका अन्य दलका नेताहरुले भने पार्टीभित्र छलफल भइरहेको भन्दै केही दिन पर्खिन भनेका छन । उनीहरुले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भएको स्वीकार गरेपनि कहिलेसम्म मन्त्रीहरुको नाम दिने भन्नेमा ठोस जवाफ दिएका छैनन ।