काठमाण्डौ, २७ भाद्र । जिल्लको कागेश्वरी मनोहरा नगरपालिकामा ३ हजार ७ सय ४० जना सँक्रमित भएका छन भने ५५ जनाको कोभिड १९का कारण निधन भएको छ । १९ चैत्र २०७७ देखि आज २७ भाद्र २०७८ सम्ममा ३ हजार ३ सय ८७ जनाले कोरोना भाईरसलाई पराजित गरेको नगर प्रमुख कृष्णहरी थापाले जानकारी दिएका छन ।

नगर प्रमुख थापाका अनुसार यस नगरपालिका भित्र ९० हजार ६ सय ९७ डोज खोप लगाई सकिएको छ । उक्त खोप २३ फागुन २०७७ देखि २० भाद्र २०७८ सम्ममा लगाईएको हो । जसमा काभिसिल्ड खोपको पहिलो मात्रा २ हजार २ सय ६० डोज लगाएको थियो भने भेरोसेलको पहिलो मात्रा ४९ हजार २ सय ८२ डोज र दोस्रो डोज २० हजार ३ सय १६ जनाले लगाएका छन । यसैगरी अष्टाजेनिका खोपको पहिलोमात्रा १० हजार १ सय ५६ जनालाई लगाएकोमा दोस्रोमात्रा २ हजार २ सय ८३ जनाले मात्रै लगाएका छन । एकमात्रा मात्रै लगाएहुने जेन्सन खोप नगरपालिका भित्र ६ हजार ४ सय जनाले लगाएका छन ।
२०७५ सालमा नगरपालिकाले गरेको सर्बेक्षण अनुसार यहाँको कुल जनसँख्या १ लाख २ हजार १ सय ३१ छ ।

