सभामुखले डाकेको सर्वदलीय बैठकमा ओली सहभागी नहुने

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन आज डाकेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । यद्यपी बैठकमा एमालेबाट प्रतिनिधि सहभागि हुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली प्रधानमन्त्री हुँदादेखि नै सभामुख सापकोटासँग टकराब हुँदै आएको थियो । झन् एमालेको विभाजनमा उनको ठूलो हात रहेको भन्दै सिंगो एमाले नै सभामुखप्रति रुष्ट बनेको छ ।

आज दिउँसो २ ३० बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेता सहभागी हुने बताइएको छ ।

एमालेले सदन अवरोध जारी राखेपछि सभामुखले निकासका लागि आज सर्वदलीय बैठक आव्हान गरेका हुन् । एमालेको माग सभामुखसँगै जोडिएको हुँदा सर्वाेच्च अदालतबाट फैसला नआएसम्म आजको सर्वदलीय बैठक उपलब्धि मूलक हुने देखिदैन ।