फेरि काेराेना संक्रमितकाे संख्या बढ्याे

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं,२८ भदाै । देशभर आज एक हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार ५३९ मा परीक्षण गर्दा एक हजार ४८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

  हालसम्म सक्रिय सङ्क्रमित २६ हजार ६३० छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० छन् । आज एक हजार २६० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ४० हजार ७१७ कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९५.२ प्रतिशत छ ।

  सो अवधिमा १६ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । हालसम्म १० हजार ९६५ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । यस्तै ४७५ जना सघन उपचार कक्ष (आइसियु), १३४ जना भेन्टिलेटर, २४ हजार ९५८ जना होम आइसोलेशन, एक हजार ६७२ जना संस्थागत आइसोलेशन र २६२ जना क्वारेन्टिनमा छन् ।

  आज ९१ हजार ९३० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५८ लाख ३३ हजारर ९३८ जनाले पहिलो मात्रा र ५१ लाख ९८ हजार १९३ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् ।