बस र ट्रक ठोक्दिा ३ को मृत्यू २४ घाईते, मृतक र घाईते सबैको पहिचान खुल्यो

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , प्रदेश , ४ वर्ष अगाडि

काठमाण्डौ,२९ भदौ । पुर्बी नवलपरासीको महेन्द्र राजमार्ग अन्तरगत नवलपुर, गैँडाकोट–१० मा रहेको २३ स्मृति नजिक आज बिहान बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाउने तीन जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा बर्दिया बाँसबारी–८ बस्ने ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर बस्ने अन्दाजी ४० वर्षीय किरङ्गी तिवारी र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने अन्दाजी ३५ वर्षीय कृष्ण राना रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन ।
दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा जुम्ला तिला गाउँपालिका–४ बस्ने ३३ वर्षीय टोपबहादुर शाही, बर्दिया बाँसगढी–८ बस्ने ८२ वर्षीय डिल्लीराम सुवेदी र कञ्चनपुर बेलपुर–९ बस्ने ३२ वर्षीय चित्रदेव लेखक भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।
काँकडभिट्टादेखि महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२–००१ नम्बरको यात्रुवाहक बस र ना ६ ख ७१२६ नम्बरको ट्रक आज बिहान चार बजे एक आपसमा ठोक्किँदा भएको दुर्घटना भएका थप घाईतेहरुमा झापा बाहुनडाँगीका १६ वर्षीय पारस ढकाल, मोरङ विराटनगर–३ बस्ने २१ वर्षीया पूजा रेग्मी, त्यही ठाउँ बस्ने २८ वर्षीय सरोज पोखरेल, कैलाली बस्ने १६ वर्षीया रोशनी अधिकारी, कञ्चनपुर महेन्द्रनगर –१ बस्ने ४९ वर्षीय मोहन कोइराला छन ।
दुर्घटनामा परि जुम्ला तिला गाउँपालिका–४ बस्ने २६ वर्षीय चन्द्रनाथ योगी, बस चालक कञ्चनपुरका ४२ वर्षीय लालवीर लोहार, रूपन्देही बस्ने २८ वर्षीय सुरज अधिकारी, झापा बस्ने ३६ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन ।
त्यस्तै कञ्चनपुर झलारी बस्ने २६ वर्षीया उर्मिला तिरुवा, ट्रक चालक प्युठानका २७ वर्षीय अमृत सिंह विष्ट, सुर्खेत विरेन्द्रनगरका ४० वर्षीय रामबहादुर थापा, नवलपुर हुप्सेकोट गाउँपालिका –३ बस्ने २६ वर्षीया सविना लिम्बु ,त्यही ठाउँका २ वर्षीय जोशन सारु मगर, नवलपुरका १८ वर्षीया गङ्गा ओली, सुर्खेत विरेन्द्रनगर–७, बस्ने ४२ वर्षीय मनकुमार थापा र महोत्तरी बर्दिवासका २३ वर्षीय रमेश यादव रहेका छन
घाइते सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । दुर्घटनामा परि सामान्य घाइते भएका चार जनाको भने डिस्चार्ज भइसकेको छ ।