अमेरिकालाई ५ विकेटले हराएको नेपाल ओमन सँग स्तब्ध

Dipak Pudasaini Banner Headline with Image , Latest Update , Sports/खेलकुद , प्रवास , ३ वर्ष अगाडि

काठमाडौ, ३० भदौ । सोमबार अमेरिकालाई ५ विकेटले हराएको नेपाल हिजो साँझ घरेलुटिम ओमन सँग स्तब्ध भएको छ । ओमानले विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो दिन नेपाललाई ५ विकेटले पराजित गरेको हो ।
अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रनको लक्ष्य पूरा ग‍र्यो । ओमानका लागि जतिन्दरले शानदार इनिङ खेले । ओमानका लागि ६२ बलको सामना गरेका उनले १२ चौका र ६ छक्का प्रहार गरेका थिए ।
यस्तै महम्मद नदिमले ३८, सुरज कुमारले २० तथा आयान खानले १८ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामी, कुशल मल्ल र करण केसीले १ – १ विकेट लिए ।

पहिलो इनिङमा आशिफ शेखको ९० रनप्रेरित नेपालले १ सय ९६ रनको योगफल तयार गरेको थियो ।
ओमानी बलरसामु सम्हालिन नसकेको नेपालको एक इन्डबाट लगातार विकेट जाँदा ओपनर आशिफले भने ओडीआई करियरकै पहिलो अर्धशतकीय इनिङ खेल्दै ९० रनको महत्त्वपूर्ण योगदान गरे । नेपालका लागि १ सय १२ रनको सामना गरेका आशिफले ७ चौका र १ छक्का प्रहार गरेका थिए ।
ओपनर कुशल भुर्तेल दुई बलको सामना गरेर शून्यमा पेभेलियन फर्किँदा कप्तान ज्ञानेन्द्र मल्लले २१ रनमा आउट भए । सोमबार भएको अमेरिकाविरुद्धको खेलमा अविजित अर्धशतक बनाएका रोहित पौडेलले पनि २० रन मात्रै जोडेर पेभेलियन फर्किँदा विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४ र विक्रम शोब २ रन बनाएर आउट भए ।
सन्दीप लामिछानेले १० बलमा १६ रन बनाएर आउट हुँदा करण केसीले ४८ बलमा २१ रन जोडे । सुशन भारी २ रनमा अविजित रहेका थिए ।

ओमानका लागि तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै, नेस्टोर धाम्बाले २ तथा मोहमद नदिम र जिशन मक्सुदले १ – १ विकेट लिए