माधव नेपाल बाहेकाका नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन ओलीको आह्वान

NewsBankNepal Banner Headline with Image , Latest Update , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नाममात्रको पार्टी भएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले माओवादी प्रचण्डको गुटमात्र भएको भन्दै नाममात्रको पार्टी रहेको टिप्पणी गरे । त्यस्तै ओलीले एमाले फुटेको नभइ पार्टी भित्रको फोहर मात्र बाहिरिएको तर्क गरे ।

उनले एमालेको सरकार हुँदा प्रतिगमन भयो भनेर प्रतिक्रियावादी शक्तिसँग नेपाल मिलेको आरोप लगाए । ओलीले अलोकतान्त्रिक विधिबाट जन्मिएका पार्टीलाई जोडेर अग्रगामी सरकार बनाउन नेपालले पार्टी छोडेको जिकिर गरे ।

माओवादी केन्द्रका कार्यकर्ता प्रचण्डको घरेलु कार्यकर्ता भएको आरोप लगाउदै प्रचण्डको सेवामा नभइ देशको सेवामा लाग्न माओवादी केन्द्रका नेता कार्यकर्तालाई आह्वान गरे । ओलीले एमालेको शक्ति र नीति परिवर्तन नभएको भन्दै भूमिकामात्र परिवर्तन भएको र आगामी निर्वाचनमा पुनः पहिलो शक्ति भएर देखाउने दावी गरे ।
त्यस्तै उनले वर्तमान सरकारले जनताका लागि कुनै काम गर्न नै नसकेको आरोप लगाए ।

अध्यक्ष ओलीले माधव नेपाल बाहेकाका अन्य नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आह्वान पनि गरे । त्यस्तै एमालेका अन्य नेताहरुले एमालेबाट केहि मान्छे बाहिरिदैमा फरक नपर्ने भन्दै पार्टी बलियो भएर अघि बढ्ने बताएका थिए ।