आईएमईका ग्राहकलाई डबलको डबलको डबल अफर, आइएमई पे मा २ सय बोनस

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ,१ असोज । बिदेशबाट पठाइएको पैसामा अब आईएमई मार्फत पठाउँदा पठाएको रकमको आठगुणा सम्म थप रकम पाईने भएको छ । नेपालको अग्रणी सेवा प्रदायक रेमिट्यान्स कम्पनी आईएमईले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै डबलको डबलको डबल अफर सार्वजनिक गरेको हो । असोज १ गतेदेखि कात्तिक २६ सम्म कायम हुने गरी ५७ दिनका लागि आईएमईले यस्तो अफर ल्याएको हो ।
अफरअनुसार विदेशबाट पठाइएको रकम आईएमईका ३५ हजारभन्दा बढी एजेन्ट वा आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।
त्यसैगरी हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चार गुणा ) र बम्परमा एक जनालाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा ) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

यसका साथै बिदेशबाट आईएमई पे वालेटमा रकम प्राप्त गर्दा दुई सय रुपैयाँ थप बोनसको पाउने व्यवस्था मिलाएको आईएमईले जानकारी दिएको छ । अफर अवधिमा भाग्यशाली विजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू समेत निर्धारण गरेको जनाएको छ ।