काठमाडाैं । सातौँ संविधान दिवस आइतबार धुमधामका साथ मनाइएको छ । हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।
संविधान दिवस मुल आयोजक समितिले काठमाडौँको टुँडिखेल भव्य समारोह गरी संविधान दिवस मनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु, प्रधानसेनापतिलगायतको उपस्थितिमा संविधान दिवस मनाइयो ।
टुँडिखेलमा आयोजित समारोहमा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।सेनाका विभिन्न टुकुडीहरुले कवाज समेत प्रदर्शन गरे । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।

