‘यो मोडलको ब्यबस्थाले देशमा कहिल्यै स्थिर सरकार बन्दैन’ सांसद फुयाल

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , न्युज बैंक बिषेश , प्रदेश , ३ वर्ष अगाडि

काठमाण्डौ ३ असोज । देशमा यहि मोडलको ब्यबस्था रहेसम्म कहिल्यै स्थिर सरकार बन्न नसक्ने बागमती प्रदेशका साँसद मणिराम फुयालले बताउनु भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानी नगर अस्पतालमा स्थापना गर्नलागेको पुर्बी भेगिय रक्त संन्चार केन्द्र सँचालन तथा ब्यबस्थापन सँम्बन्धि छलफल कार्यक्रममा फुयालले उक्त कुरा बताउनु भएको हो । गर्ने पर्ने काम खुसी साथ गरौ भोलि हामी रहौला नरहौला उहाँले भन्नुभयो । समय अनुसार परिमार्जन नगर्ने हो भने केहि बच्दैन जसरी बिश्वकै उत्कृष्ट भनिएको २०४७ को सँबिधान बचेन,त्यसरिनै समयको महत्वलाई यो सँबिधानलाई समय सापेक्ष परिमार्जन गरिनु जरुरी छ । शिक्षा र स्वास्थ राज्यको दायित्व हो तर आर्थिक रुपमा राज्य सबल नै भइसकेको अबस्थामा सक्नेले नसक्नेलाई सहयोग गरौ साँसद फुँयालले भन्नु भयो ।


नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा द्दवारा प्रस्ताबित रक्तसँचार स्थापना सँचालन तथा ब्यबस्थापन कार्यबिधी संम्बन्धि उक्त छलफमा नगर प्रमुख कृष्णहरी थापाले रक्त सँन्चार केन्द्र स्थापनाकालागी आबश्यक बजेटको ब्यबस्था नगरपालिकाले गर्ने बताउँदै त्यसपछीको दिर्घकालिन सन्चालनका लागी बिकल्प सोच्नुपर्ने धारणा राख्नुभयो । नगर भित्रका बिभिन्न बैक तथा बितिय सँस्था एबँ अन्य दाताहरु समेतलाई समेटी अक्षयकोष खडा गरेर पनि रक्त सँचार केन्द्र सँचालन गर्न सकिन्छ थापाले भन्नुभयो । हालसम्म बैज्ञानिक आबिश्कार हुन नसकेको र दानबाटमात्रै प्राप्त गर्न सकिने रगतको सँकलन,भण्डारण तथा बितरण प्रभाबकारी बनाउन दिर्घकालीन योजना बनाउनुपर्नेमा नगर प्रमुख थापाको जोड थियो ।


रक्त सँन्चारकेन्द्र सँचालन सँम्बन्धि प्रस्ताबना पेशगर्दै नेरेसो कागेश्वरी मनोहरा उपशाखाका सभापती बासुदेब पौडेलले रक्तदातालाई प्रोत्साहन गर्न स्थानिय निकायले तयार गरेको पाठ्यक्रममा रक्तदानको आबश्यकता र महत्वलाई समेटिने बिषयबस्तु राख्नुपर्ने कुरामा ध्यानाकर्षण गराउनु भएको थियो ।


रगत नाफा नोक्सानको बिषय होइन, बिसुद्द मानबिय कार्य हो त्यसकारण रगत संकलन, भण्डारण, बितरण मात्रै होइन खपत नभएको अबस्थामा उक्त रगतको उपयोग गर्दै त्यसलाई रिसर्च, तालिमका लागी समेत उपयोग गरिने र कागेश्वरी मनोहरामा स्थापना हुन लागेको रक्तसँचार केन्द्रलाई पुर्ण सहयोग गर्ने बचन नेपाल रेडक्रस सोसाईटीका निर्देशक दिब्यराज पौडेलले दिएका थिए ।


कार्यक्रममा नेरेसो काठमाण्डौका सभापति मथुराराम श्रेष्ठ, मुलपानी अस्पताल ब्यबस्थापन समितीका सदस्य भरत प्रसाद फुयाल, बिपद ब्यबस्थापन समिती कागेश्वरी मनोहराका संयोजक सहदेब केसी, बडा नँ १ का अध्यक्ष मुकुन्द प्रसाद गजुरेल, ३ का अध्यक्ष राममणी पुडासैनी, ५ का अध्यक्ष तथा नगर प्रबक्ता राजाराम पुडासैनी, ६का अध्यक्ष प्रकाश फुँयाल, मुलपानी नगर अस्पतालका ब्यबस्थापक सन्तोष तिमल्सिना तथा शँकरापुर अस्पतालका निर्देशक डा. रमेश ढकाल लगायतको उपस्थिती थियो ।