आफ्नो पार्टी पनि एमाले जस्तै हुन लागेकाेमा प्रचण्डलाई चिन्ता

NewsBankNepal Banner Headline with Image , Latest Update , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाललाई छाडेर केपी ओलीलाई साथ दिन पुगेका एमालेका नेताहरुको चर्काे आलोचना गरेका छन् ।

सोमबार सूर्यनाथ रान यादवको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाडामा आयोजित कार्यक्रममा उनले नेकपा एमालेका नेताहरु भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्टलगायतका नेताहरुको चर्का आलोचना मात्र गरेनन् कि उनीहरुको पोल समेत खोले ।

माधव नेपालको साथ छाडेका ती १० जना नेताले आत्मसमर्पण गरेकोमा आफूलाई अनौठो लागेको प्रचण्डले टिप्पणी गरे ।

केपी ओली नेपालको एउटा भ्रष्ट र जाली नेता भन्ने उहाँहरुलाई थाहा छ । मलाई उहाँहरुले नै सिकाएको हो, उनले भने। केपीको निरंकुशता थाहा हुँदा हुँदै किन आत्मसमर्पण गर्न पुगे बुझ्न सकिन ।एमालेको विचार, सिद्धान्त सूर्य मात्रै भएको पनि दाबी गरे ।

कार्यक्रममा प्रचण्डले आफ्नो पार्टी पनि एमाले जस्तै हुन लागको भन्दै चिन्ता व्यक्त गरे ।