५० हजार धरौटीमा राज कुन्द्रा रिहा

NewsBankNepal Entertainment/मनोरञ्जन , News/समाचार , Others/अन्य , ४ वर्ष अगाडि

असोज ५, काठमाण्डौ । अश्लील भिडियो बनाएको आरोपमा पक्राउ परेका शिल्पा शेठ्ठीका पति राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । अदालतले कुन्द्रालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

मेट्रोपोलिटन म्याजिस्ट्रेट कार्टले सोमबार कुन्द्रा र उनका सूचना प्रविधि प्रमुख रिया थोर्पेलाई मात्र ५० हजार भारु धरौटीमा रिहा गर्न आदेश दिएको भारतीय संचारमा उल्लेख छ ।

कुन्द्राले आफूलाई साधारण धरौटीमा छोड्न अदालतमा अपिल गरेका थिए । दायर अपिलमा भनिएको छ, स्वेच्छाले कथित भिडियोहरूमा अभिनय गरेको पनि कुन्द्राको दाबी छ । गत साता मात्रै उनी माथि १ हजार ४ सय ६७ पेजको चार्ज सिट दायर गरिएको थियो