मन्त्रिपरिषद् निर्णय: ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाइयाे

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । सरकारले केपी ओलीको नेतृत्वको सरकारको समयमा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने ।सरकारको निर्णयसँगै १० देशमा नियुक्त भएका राजदूतहरू फिर्ता हुनेछन् ।

१) महेन्द्रबहादुर पाण्डेय (चीन)

२)नीलाम्बर आचार्य (भारत)

३)डा. वंशीधर मिश्र (बंगलादेश)

४)युवराज खतिवडा (अमेरिका)

५)नारदमुनि भारद्धाज (कतार)

६) अञ्जान शाक्य (इजरायल)

७) उदयराज पाण्डे (मलेसिया)

८) दावाफूटी शेर्पा (स्पेन)

९) डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका)

१०) लोकदर्शन रेग्मी (बेलायत)

यसैगरी बैठकले कोभिड–१९ व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयश संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

औषधी ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले जनाए । यसैगरी बैठकले संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको समेत टुंगो लगाएको उनले जानकारी दिए ।