गुल्मीमा पहिरोले पुरिँदा एकै घरका तीन जनाको मृत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

गुल्मीमा गएराति पहिरोले पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका – ८ थुम्का लाईन बस्ने तीलक परियारका तीन छोरीको सुतिरहेकै बेला माथिबाट पहिरो खसेर मृत्यु भएकाे हो। 

मृत्यु हुनेमा २१ वर्षीय भावना, १४ वर्षीय गंगा र जमुना परियार रहेको प्रहरीले जनाएको छ। तिलक र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेका छन्।

मंगलबार राति करिब १ बजे लेदोसहितको पहिरो खसेर एक तले पक्की घर पुरिँदा ती दिदीबहिनीको मृत्यु भएको हो।स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकालीको थियाे ।