कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् ।

बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।

बुधबार दिउँसो १ बजे  खड्काले सपथ लिने कार्यक्रम तय गरिएको छ । पदभार ग्रहण गरेपछि राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन खड्का न्युयोर्क जाँदैछन् ।

गठबन्धन दलबीच परराष्ट्रमन्त्री कांग्रेसलाई दिने सहमति भएपछि प्रधानमन्त्रीले एक जना मन्त्री थपेर सरकार विस्तार गरेका हुन्।अन्य मन्त्रीका विषयमा दलहरूबीच अझै सहमति जुट्न सकेको छैन । १६ मन्त्रालय अझै नेतृत्वविहीन छन् ।

सत्ता गठबन्धनबीच शक्तिशाली र आकर्ष मन्त्रालय आफूले पाउनु पर्ने दावी गर्दै आएका छन् ।सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता भने पाउन सकेको छैन ।