आफूहरूले भनेकालाई परराष्ट्रमन्त्री नबनाएकाेमा पाैडेल पक्ष रूष्ट

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफूखुशी धमाधम मन्त्री नियुक्त गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको छ ।प्रधानमन्त्री देउवाले आफूपक्षीय नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेपछि पौडल पक्ष रुष्ट भएको छ ।

प्रधानमन्त्रीको कार्यशैशीको विषयमा छलफल गर्न पौडेल पक्षले दिउँसो महाराजगंजस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बैठक बस्दैछ । यसअघि प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा पनि एकलौटी निर्णयमा उमेश श्रेष्ठलाई नियुक्त भन्दै पौडेल पक्षले चर्काे असन्तुष्टि जनाएको थियो ।

त्यसबेलामा उनीले आफ्नो गल्ती भएको र बाध्यतालाई बुझिदिन आग्रह गरेर चर्काे विरोधबाट उम्किएका थिए ।तर उनले त्यही शैली दोहो¥यान थालेपछि पौडल पक्ष आफू पक्षीय नेताहरु मन्त्री बन्न नपाउने हो कि भनेर झस्किएको छ । बैठकले सभापति देउवाका विरुद्ध चाल्ने आगामी रणनीति तय गर्ने एक नेताले बताए ।

परराष्ट्रमन्त्रीमा मिनेन्द्र रिजाल वा सुजाता कोइरालालाई नियुक्त गर्नुपर्ने पौडेल पक्षको माग रहेको थियो ।