कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जित हुने

NewsBankNepal Banner Headline with Image , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि


काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ ।

सिंहदरबारमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति जुटाएको छ ।पौडेल समूहले वडा अधिवेशन सम्पन्न भएपछि मात्रै पालिकाको अधिवेशन गर्नुपर्ने माग गरेपछि कार्यतालिका संशोधन भएको बताइएको छ ।

यसअघिको तालिका अनुसार ५ असोजमा बाँकी जिल्लाको वडा अधिवेशन, ९ गते पालिका अधिवेशन, १२ गते प्रदेश सभा निर्वाचन क्षेत्र, १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख थियो ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कार्यतालिका संशोधनबारे कुनै निर्णय नभएको बताए ।