बजेटसँग सम्बन्धित दुई विधेयक पारित ,सरकारलाई खर्च गर्न बाटाे खुल्याे

NewsBankNepal Banner Headline with Image , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको हो । अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ ।बैठक सुरु हुनेवित्तिकै सदाझैं एमाले सांसदहरु संसदको वेल घेरेर नाराबाजी गर्न सुरु गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अघि बढाए ।प्रमुख विपक्षी दल उठेर वेल घेर्न पुगेपछि बैठक अगाडि नबढाउने विश्वव्यापी मान्यता भए पनि सभामुखले पेलेरै जान खोजेको एमालेका नेताहरुले बताएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित भएको सभामुखले घोषणा गरे ।विधेयक पारित भएपछि प्रतिनिधिसभाको बैठक असोज ११ गते सम्मका लागि स्थगित गरिएको छ ।