३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ हुँदै

NewsBankNepal Banner Headline with Image , Latest Update , ३ वर्ष अगाडि

माेरङ । करिब चार वर्ष अघिको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दाको आज अन्तिम सुनुवाइ हुँदैछ ।जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा अन्तिम बहस हुन लागेको हो ।

२०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका १ मा शाक्यको मृत्यु भएपछि अनुसन्धानका क्रममा तस्करीको साढे ३३ किलो सुन तस्करीको रहस्य खुलेको थियो।

सुन तस्करी काण्डमा मुछिएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका थिए ।मुद्दाका ७७ प्रतिवादीमध्ये २२ जना अझै फरार छन् । सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवारमा संलग्न रहेको अभियोगमा उच्च पदस्थ प्रहरीसहित ६३ जना विरुद्ध मुद्दा दायर भएको थियो ।