काठमाण्डौ ११ असोज । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । प्रमुख निक्षेप ब्यबस्थापक टँकमणी बरालका अनुसार अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा यो विशेष छुट प्राप्त हुनेछ ।
योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नेछन । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई First come Friest service को आधारमा छुट प्रदान गरिने बरालले बताउनु भयो । यो योजना यही आश्विन १० गतेदेखि आश्विन १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ ।
त्यस्तै सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) सुविधा लिंदा रु. ५०० क्यासब्याक पनि प्रदान गर्दै आएको र यो योजना आश्विन १ देखि कार्तिक ३० गतेसम्म लागू रहने पनि उहाँले बताउनु भयो ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०६ वटा कार्यालय तथा ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट , होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको पनि बरालले जानकारी दिएका छन ।