७३ यात्रु बोकेको बुद्दएयरको जहाज काठमाण्डौमा आकस्मिक अबतरण

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रदेश , ३ वर्ष अगाडि

काठमाण्डौ ११ असोज,

सोमबार बिहान काठमाडौंबाट विराटनगरतर्फ उडेको कल साइन नाइन एन ए एनआइ उडान नम्बर यु फोर सात शुन्य एक बुद्ध एयरको विमान बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गरेको छ। जहाजमा ७३ यात्रु सवार थिए।

विराटनग विमानस्थलमा रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो। करिब २ घण्टा काठमाडौंको आकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको बुद्ध एयरले जनाएको छ।

उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए। वयस्क ६८ बच्चा २ र इन्फ्यान्ट ३ गरी बिमानमा ७३ यात्रु सवार थिए । विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमानस्थल कार्यालयले जनाएको छ।

Maheshwor Nepal