काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि भोलि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बिहान ८ बजे बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ ।
दुई दिनदेखि सुमेरु अस्पतालमा उपचार गराइरहेका उनलाई थप उपचारका लागि बैंकक लैजान चिकित्सकले सुझाएको बताइएको छ ।पुनलाई २०७२ सालमा पनि बैंककमा उपचार गरिएको थियो ।
नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् । पुनले नियमित औषधि लिइरहेको र प्रत्येक वर्ष फलोअपका लागि बैंकक गइरहेका थिए । तर पछिल्लो समय भने कोरोनाका कारण फलोअपमा जान सकिरहेका थिएनन् ।

