काठमाडाैं ,१३ असाेज। नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुनलाई थप उपचारका लागि बैंकक लगिएकाे छ । केही समयदेखि कमलपित्तबाट अस्वस्थ भएका उनको सुमेरु अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा खासै सुधार नभएपछि थप उपचारका लागि आज बिहान बैंकक लगिएकाे हाे ।
कमलपित्तको मात्रा नघटेपछि वरिष्ठ चिकित्सकको सल्लाहमा थप उपचारका लागि बैंकक लगिएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वमन्त्री पुनको थप उपचार थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा गरिने बताइएको छ ।
उनका साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि गएकी छिन् । यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेता पुनलाई भेटेर थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए।