काठमाडाैं,१४ असाेज । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको बताएका छन् ।बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकमा एमाले सहभागी नभएपछि सरकारले यस्तो टिप्पणी गरेकोे हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमाले वार्ताबाट भाग्न चाहेको देखिएको बताए ।
संसद् सञ्चालनमा देखिएको अवरोध लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ‘संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आमन्त्रण गरेको भए पनि एमाले भने उपस्थित भएन । योभन्दा अगाडि सभामुखले आब्हान गरेको यस्तै किसिमको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो । यसबाट उहाँहरु संवाद र वार्ताबाट पर भाग्न खोज्नुभएको छ भन्ने देखाउँछ,मन्त्री कार्कीले भने ।
नेकपा एकीकृत समाजवादीलाई समेत बोलाइएको भन्दै एमालेले बैठकमा सहभागी नहुने जनाएको थियो । नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले संसद्मा अवरोध पुर्याउँदै आएको छ ।