काठमाडाैं,१४ असाेज । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर आज स्वदेश फर्केका छन् ।नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का यही असोज ८ गते न्युयोर्क पुगेका थिए ।
मन्त्री खड्काले त्यहाँ रहँदा सभालाई सम्बोधन गर्नुका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीहरू भेटवार्ता गरेका थिए ।महासभालाई सम्बोधन गर्दै मन्त्री खड्काले तनाव र विषमपूर्ण परिस्थितिले गाँजेको विश्वलाई परास्त गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेका थिए ।

