‘काेही नेतृत्व लिन खाेज्छ भने सुम्पेर आनन्दसँग बस्थे’

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा गल्ती भएको स्वीकार्दै अब एक पटक आक्रामक ढंगले अघि बढ्ने बताएका छन् ।
अनेरास्ववियू(कान्तिकारी)को २२ औ राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले पार्टीलाई नयाँ ढंगले इतिहास रच्ने गरी अगाडि बढाउने बताए ।

पार्टीमा कहिले काही आफ्नो नेतृत्वलाई लिएर टिक्का टिप्पणी हुने गरेको चर्चा गर्दै उनले राम्रो काम गर्छु भनेर पार्टीबाट कसैले भन्छन् भने नेतृत्व सुम्पेर आफू आनन्दसँग बसेर पुस्तक लेख्ने बताए । तर त्यस्तो कोही देख्दिन उनले भने । प्रचण्डले आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आफू भगत सिंहको पालाको चन्द्रशेखरजस्तै आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेको पनि बताए ।
आत्मा समिक्षा गर्दै गाउँघर र टोलमा गएर घाइते तथा शहिद परिवारलाई केही काम भएका र केही हुँदै गरेको बारेमा जानकारी कार्यकर्तालाई आग्रह गरे ।
हिजो मानिसहरुले वाइसिएललाई आतंक भन्थे तर अहिले ओली र कमल थापा नै आतंक भएको बताए ।
झुटो कुरालाई पनि झुटो होइन जसरी बताउने क्षमता केपी ओलीमा भएको बताउँदै उनले पहिलो पटक आफूले नै ओलीलाई प्रधानमन्त्री बनाएको दावी गरे ।
हिजोको दिनमा अगाडि बढ्नुस् साथ दिन्छौ भन्ने १० भाई अहिले तानाशाही ओलीकै साथमा लुत्रुक्क परेर बसेको देख्दा अचम्म लाग्छ उनले भने । ओली बेइमान भन्ने कुरा एमालेलाई नै थाहा छ ।
ओलीले अरबौं भ्रष्टाचार गरेको समेत प्रचण्डले आरोप लगाए । भ्रष्टाचार पनि नगर्ने र गर्न पनि दिन्न भन्ने नारा सुन्नमा राम्रो भए पनि भित्रभित्रै भ्रष्टाचार व्याप्त रहेको बताए ।