एमालेको पहिलो विधान महाधिवेशन, विधानको बाधा अड्काउ फुकाउ प्रस्ताव पेश

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , ४ वर्ष अगाडि

काठमाडौं १५ असोज । नेकपा एमालेको उपमहासचिव विष्णु पौडेलले जारी विधान महाधिवेशनमा विधानको बाधा अड्काउ फुकाउ प्रस्ताव पेश गरेका छन।

ललितपुरमा रहेको इन्द्रेणी सम्मेलन केन्द्रमा जारी कार्यक्रममा उपमहासचिव पौडेलले विधानको धारा ७४ को १५ क र १९ क को परिवर्तन गर्न प्रस्ताव पेश गरेका हुन् । उक्त प्रस्तावलाई हलमा उपस्थितहरुले समर्थन जनाउँदै पारित गरेका थिए ।

आज शुक्रबार बाट सुरु भएको एमालेको विधान महाधिवेशन आइतबारसम्म चल्नेछ । हाल ओलीले राजनीतिक प्रतिवेदन पेश गरिरहेका छन् ।